घाइते विद्यार्थीहरुलाई दीपिकाको साथ

6.25K
shares

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले भिजिलान्ते समूहु को आक्रमणमा परेर घाइते भएका दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय जेएनयू का विद्यार्थीहरुलाई भेटेकी छन् । उनले जेएनयू पुगेर घाइते विद्यार्थीहरुलाई भेटेकी हुन् । आइतबार राति जेएनयूका विद्यार्थीमाथि नकाबधारी समूहले आक्रमण गरेको थियो। त्यसपछि बलिउडकर्मीहरू यसको विरोध गरिरहेका छन् ।

दीपिका जेएनयू विद्यार्थीको समर्थनमा मंगलबार साँझ ७ : ४५ बजेतिर पुगेकी बिबिसिले जनाएको छ । छोटो समय जेयनयुमा बिताएकी ददिपिकाले कुनै प्रतिक्रिया दिएकी छैनन् । जेएनयूमा नकाबधारीहरुले हमला गर्दा त्यहाँस्थित जेएनयू छात्र संघका अध्यक्षसहित १८ जना घाइते भएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार जेएनयूभित्र भाला र लाठी बोकेका ५० भन्दा बढी नकाबधारी छिरेका थिए ।

उनीहरुले अन्धाधुन्ध आक्रमण गरेपछि घाइते भएका विद्यार्थीहरुलाई सातवटा एम्बुलेन्सबाट अस्पताल पठाउनुपरेको गथियो । आउँदै गरेको फिल्म छपाकु प्रमोशनका लागि दीपिका दिल्ली पुगेकी थिइन् । उनी विद्यार्थीलाई समर्थन जनाउन जेयनयू पुगेकी थिइन् या फिल्म प्रमोशनमा भन्‍ने विषयमा सामाजिक संजालमा बहस भइरहेको छ ।


Mitsubishi Long Ad