समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही

२०७६ पुस २४ बिहीवार
1.4K
shares
फिदिम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बर्ताए। उनले भने“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको संशोधन गरेको हो । अगामीदिनमा समयसीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गरिने छ । ”
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले रुग्ण आयोजनाहरुको छिटो निर्माणका सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता जानकारी दिए । “ ठूला पूर्वाधारका आयोजना निर्माण गर्न निर्माण कम्पनी र सरकारी निकायलाई उत्तिकै जिम्मेवार बनाइने उल्लेख गर्दै मन्त्री नेम्वाङले भने“समयमा बजेट निकासा नहुने, स्थानीयस्तरमा अवरोध हुनेजस्ता समस्या समाधानका मन्त्रालयको विशेष ध्यान दिएको छ । ”पुष्पलाल मध्यपहाडी लोकमार्गलगायत पूर्वी पहाडका विकास आयोजनाको स्थलगत अनुगमनका क्रममा यहाँ आएका छन् ।

२०७६ पुस २४ बिहीवार