कोशी टप्पुमा चरा गणना शुरु

Nepal Life Insurance Long Ad

इनरुवा । चराको स्वर्ग भनेर चिनिने कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना शुरु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना शुरु भएको हो । आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा गणना शुरु भएको कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

चरा गणनाका लागि माइनोकुलर, स्पोट्रिङग स्कोप, डेटा सिट, कम्पास, जिपीएसलगायतका उपकरण प्रयोग गर्ने आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा चरा गणना गर्न सातदेखि १० दिनसम्म लाग्ने उहाँले बताए । आरक्षमा तीन वटा क्षेत्र निर्धारण गरेर चरा गणना गर्न शुरु गरेको संरक्षण अधिकृत चौधरीले बताए ।

आरक्षमा घाँसे मैदान, सिमसार क्षेत्र र नदी तटीय क्षेत्रमा पाइने चराको गणना गरिने कार्यक्रम रहेको उनले बताए । आरक्षमा पहिलो चरणमा घाँसे मैदानमा देखिने चराको गणना गरिने, दोस्रो चरणमा सिमसार क्षेत्रमा पाइने र तेस्रो चरणमा नदी तटीय क्षेत्रमा पाइन चराको गणना गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो ।

चरा गणनाका लागि सात जनाको टोली परिचालित भएको छ । आरक्षमा प्रत्येक वर्ष हिउँदे चरा गणना गर्ने गरेको चौधरीको भनाइ छ । आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिका चरा रहेका छन् ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...