आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण

7.54K
shares

काठमाडौं । नेपालबाट पनि देखिने ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म रहने छ । पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन् । पृथ्वीले सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्रग्रहण लाग्छ ।

यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिए । यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ ।