टिपरले किचेर मारिए दिलीप

Nepal Life Insurance Long Ad

जनकपुरधाम । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो भोपालमा इन्जिनिरिङ पढ्दै थिए । तर विदामा घर आउँदा राजनीतिक विषयहरुमा चासो राख्थे, नगरपालिकाको काम कारबाहीबारे सोधीखोजी गर्थे । गाउँलाई जोखिममा पारेर नदी तथा खोलाहरुमा अवैध उत्खनन भएकोमा विरोध गर्थे । उनकै अगुवाईमा युवाहरुले आन्दोलन गरेपछि स्थानीय खोलामा अनियन्त्रित उत्खनन रोकिएको थियो । तर नगरपालिकाले मेसिन प्रयोग नगर्ने गरी ४ करोड ५१ लाख रुपैयाँमा नदीजन्य गिट्टी बालुवा उत्खनन गर्न ठेक्का दिएको थियो ।

नगरपालिकाले मेसिन प्रयोग गर्न रोक लगाए पनि क्रसर उद्योगले रातको समयमा खोलामा मेसिन चलाउँथे । मेसिन प्रयोग गरी गिट्टी बालुवा उत्खनन गर्नेमा चुरियामाई बालुवा प्रशोधन उद्योग अगाडि थियो, जसको सञ्चालक विपिन महतो हुन् । केही दिनअघि मात्र विदामा घर आएका दिलीपले चुरियामाई उद्योगको बदमासी थाहा पाए । उनले साथीहरुसँग छलफल गरे, त्यसको विरोध गरे ।

दिलीपका बुवा कृष्णा भनिने रामजीवन महतोका अनुसार विपिनले भने तीन दिन अघि मात्र ‘छोरालाई सम्झाइहाल, कतिखेर ज्यान जान्छ थाहा छैन’ भन्दै धम्क्याएका थिए । महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी विपिनले भाडामा लिएका थिए । भाडावापतको २५ हजार रुपैयाँ लिन बाँकी थियो । त्यही पैसा लिन जाँदा विपिनले रामजीवनलाई धम्की दिएर पठाएका थिए ।

उनले यो कुरा छोरा दिलीपलाई पनि भन्नसमेत भ्याएका थिएनन् । शुक्रबार विहान करिव ४ बजेतिर दिलीपलाई उनका साथी रोशन यादवले बोलाएर लगेका थिए । त्यही विपिनको क्रसर उद्योगमा टिपरले किचेको ‘हत्या’ भयो । आफूलाई फोन गरेर घटनाबारे जानकारी दिइएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादव भन्छन्, ‘म दौडिएर पुग्दा सबै भागिसकेछन्, रोशनमात्र त्यहाँ थियो ।’ त्यसपछि आफूले प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्कासमेत नगरी शव उठाएको उनले सुनाए । ‘चौकीमा आएपछि मैले कसरी घटना भयो भनेर रोशनलाई सोधेको थिएँ’ वडाध्यक्ष यादव भन्छन्, ‘उनले बताएअनुसार क्रसरमा लाइटहरु अफ गरिएको थियो रे । उनी पछाडि र दिलीप अगाडि गएका थिए रे ।’

दिलीपलाई टिपरले किचिसकेपछि थाहा पाएको र एम्बुलेन्स बोलाउन आग्रह गर्दा क्रसरका सबै भागेको रोशनले आफूलाई बताएको वडाध्यक्ष यादवको भनाइ छ । घटना हेर्दा आफूलाई पनि दिलीपलाई जानीजानी मारेको भन्ने लागेको उनले सुनाए । तर दिलीपका परिवारका सदस्य भने रोशन, वडाध्यक्ष यादव र प्रहरी निरीक्षक इन्स्पेक्टर रामकुमार यादव पनि क्रसर उद्योगी विपिनसँग मिलेको आरोप लगाएका छन् । उनकी बहिनी लक्ष्मी भन्छिन्, ‘वडाध्यक्ष, पुलिस, रोशन र क्रसरवाला मिलेर मेरो दाइलाई मारेका हुन् ।’

पीडित परिवारले तपाईंमाथि समेत आरोप लगाएका छन् नि भन्ने प्रश्नमा वडाध्यक्ष यादव भन्छन्, ‘पीडामा रहेको उहाँहरुले भन्नु एउटा कुरा हो । तर म त घटना भइसकेपछि गएको हुँ । दिलीप त मेरो भाइ जस्तो हो, म उनीसँग सरसल्लाह गरेर काम गर्थेँ । यसबारे सम्बन्धित निकायले छानविन गर्दा हुन्छ ।’


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...