इरानको आकास प्रयोग नगर्न वायुसेवा निगमको निर्देशन

२०७६ पुस २५ शुक्रवार
2.2K
shares
काठमाडौं । खाडी मुलुक जाँदा इरानको आकास प्रयोग नगर्न नेपाल वायुसेवा निगमले आफ्ना विमानलाई निर्देशन दिएको छ । इरान र अमेरिकाबीचको बढ्दो तनावका कारण इरानको आकास असुरक्षित भएको महशुष गर्दै निगमले यस्तो निर्देशन दिएको हो । अब खाडी मुलुक जानको लागी विमान पाकिस्तानको एयरस्पेसपछि फारसको खाडी हुँदै ओमनको आकाशमा पुग्नेछ ।
निगमको यो निर्देशन पछि अब खाडी मुलुक जाँदा धेरै समय लगाउनुपर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले बुधबारदेखि मध्यपूर्वमा उडान भर्ने आफ्ना विमानलाई इरानको आकाश प्रयोग नगरी ओमनको बाटो भएर उडान भर्न निर्देशन दिएको हो।
नेपाल बायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार इरान–अमेरिका त ना वका कारण इरानको आकास असुरक्षित भएको महशुष गरी यस्तो निर्देशन दिइएको हो। यसअघि काठमाडौंवाट खाडी जाने विमानले नेपालपछि क्रमशः भारत, पाकिस्तान र इरानको एयरस्पेस प्रयोग गर्थे। अब भने ती विमान पाकिस्तानको एयरस्पेसपछि फारसको खाडी हुँदै ओमनको आकाशमा पुग्नेछन्।
जसले गर्दा अब काठमाडौंवाट बहराइन, युएई, कतार, साउदी र कुवेतका लागि उडेका जुनसुकै एरलायन्सका जहाजलाई त्यहाँ पुग्न पहिलेको समय भन्दा केही बढी लाग्नेछ। हाल काठमाडौंमा २८ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् जसमा मध्यपूर्व र पश्चिमी रुटबाट आवतजावत गर्ने एयरलाइन्सको धैरै छ।

२०७६ पुस २५ शुक्रवार