आफ्नै विमान चढेर प्रधान सेनापति थापा बंगलादेश प्रस्थान

२०७६ पुस २७ आइतवार
2.2K
shares
काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा औपचारिक भ्रमणका लागि बंगलादेश प्रस्थान गरेका छन् । प्रधान सेनापति थापा नेपाली सेनाको एम-स्काईट्रक विमानमार्फत आइतबार बंगलादेश प्रस्थान गरेका हुन् । बंगलादेश प्रस्थान गरेका प्रधान सेनापति थापालाई नेपाली सेनाक बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको निमन्त्रणमा प्रधान सेनापति थापा त्यसतर्फ प्रस्थान गरेका हुन् । ७ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बंगलादेश प्रस्थान गरेका थापा माघ १ गते स्वदेश फर्किनेछन् । प्रधान सेनापति थापाले बंगलादेश भ्रमणका क्रममा विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय अधिकारीसँग भेटवार्ता तथा ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

२०७६ पुस २७ आइतवार