गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

२०७६ पुस २९ मंगलवार
1.9K
shares
काठमाडौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना हुँदा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।
संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए । भट्टराई ४० को दशकको अन्त्य तिर उदाएका गायक हुन् । खास गरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइ रहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

२०७६ पुस २९ मंगलवार