आडजोनको उपत्यका भेला सम्पन्न, मिडियामा समावेशीतासंगै दक्षता अभिबृद्धिमा जोड
वि.सं.२०७६ फागुन १६ शुक्रवार १७:१२
shares

मुक्तिखबर,काठमाडौं ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले समाचारकक्षमा समावेशी उपस्थिति नभएसम्म नेपाली मिडियाका विषयवस्तु पनि समावेशी मर्म अनुसार नआउने भएकाले पत्रकार महासंघले मिडियामा समावेशीतालाई प्राथमिकता साथ उठाएको बताउनुभएको छ ।

क्रियाशील दलित पत्रकार संघ नेपाल (आडजोन) ले आज काठमाडौंमा आयोजना गरेको उपत्यका भेलामा महासचिव विष्टले समाचारकक्षमा सम्मान जनक उपस्थितिका लागि दलित समुदायका पत्रकारहरुले पेशागत दक्षता र प्रतिस्पर्धी क्षमताविकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले नेपाल पत्रकार महासंघले आफ्नो संरचनामा नै समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरेको भन्नु हुँदै आड्जोनले संख्यात्मक बृद्धि भन्दा गुणात्मक पक्षलाई ध्यान दिन सके संगठनको सार्थकता सिद्ध हुने धारणा राख्नुभयो ।
भेलामा संघका अध्यक्ष पवित्रा सुनारले एकता र संगठनमै बल हुने भन्दै व्यवसायिक र क्षमता विकासका लागि बलियो संगठन बनाउन सबै क्रियाशील पत्रकारहरु गोलबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले पत्रकारितामा दलित समुदायका पत्रकारहरुको गुणात्मक र सशक्त उपस्थितिका लागि संघले प्राज्ञिक कार्यमा आफ्नो ध्यान केन्द्रीत गरेको जानकारी दिनुभयो ।
भेलामा दलित मिडिया प्रालिका शोभा सेन्जुरीको अध्यक्षतामा १५ सदस्यीय उपत्यका समन्वय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा जनता टेलिभिजनका एल.बी. विश्वकर्मा, सचिवमा नेपाल समाचारपत्र दैनिकको अनलाइन संस्करण न्युज अफ नेपाल डटकमका विष्णु परियार, सहसचिवमा दर्पण दैनिक अनलाइनका केशर विश्वकर्मा र कोषाध्यक्षम ानयाँपत्रिका दैनिकका मञ्जु टेलर रहनुभएको छ ।
समितिको सदस्यहरुमा राजधानी दैनिकका पुजा चंदारा, उज्यालो रेडयो नेटवर्कका सम्झना विक, नाइस टेलिभिजनका सरस्वती सुनार, मुक्तिखबर अनलाइनका उमेश विक, क्यापिटल नेपालका अनिश मिजार, नयाँ नेपाल अनलाइनका सागर परियार, थाहा अनलाइनका जसिन्द्र श्रीपाइली, देश सञ्चार अनलाइनकापूर्णीमाविक, अर्थतन्त्र डट कमका बिक्रम सुनार र सुरज विकरहनुभएको छ ।
















