भरतपुर महानगरलाई ध्रुम्रपानरहित शहर बनाईदै

Nepal Life Insurance Long Ad

चितवन। 

भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न शुरु गरेको छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा यसको सेवनमा प्रतिबन्ध गरिएको जानकारी दिनुभयो ।

उहाँले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताउनुभयो ।

अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भए/नभएको अनुगमन गरिरहेको छ ।

शैक्षिक सङ्घसंस्था, अस्पताल लगायतका निकायको एक सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयमा महानगरका अधिकारीहरु जुटेका हुन् ।

महानगरका उपसचिव प्रधुन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आइएको छ । अनुगमनका क्रममा ३५ पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुईजना व्यक्तिलाई समेत कारवाही गरेको उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकालाई ध्रुम्रपानरहित शहर (स्मोक फ्री सिटी) बनाइँदैछ ।

आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको हो । महानगरप्रमुख रेनु दाहालका अनुसार ध्रम्रपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ ।

गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उहाँले भरतपुर महानगरलाई ‘स्मोक फ्री’ सिटी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐनको दफा ४ अनुसार सार्वजनिकस्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जनस्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय तथा ध्रुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णतः निषेध गरिएको छ ।

होटल रेष्टुरेन्टहरुमा तोकिएको स्थानमा मात्र यसको सेवन गर्न पाइनेछ । तोकिएको स्थानमा अठार वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...