सभामुख सापकोटा र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

7.41K
shares

काठमाडौं।

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेबियाका राजदूत मसेइड सुलामिन एम अल्मारोएनीले सोमबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइडले सापकोटालाई सभामुखमा निर्वाचित हुुनुुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभयो।

सभामुख सापकोटाले साउदी अरेबियासँग नेपालको ४३ वर्षदेखि सुुमधुुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाइमा पुुयाएको बताउनुुभयो। उहाँले सच्चा मित्रको चिनारी दुुःखका बेलामा हुने बताउँदै २०७२ सालको विनाशकारी भूूकम्पपछि साउदी सरकारले गरेको सहयोग सँधंै स्मरणीय रहने चर्चा गर्नुुभयो।

सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गर्नुुभयो। उहाँले ३ लाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीका लागि साउदीले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083