चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
वि.सं.२०७६ चैत ४ मंगलवार १०:४४
5.72K
shares
shares

चितवन ।
भरतपुर महानगरपालिका–७ क्यान्सर गेट अगाडि ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना७ख ४०९१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेकी साइकलयात्री भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीलाई आज बिहान ठक्कर दिएको थियो ।
ठक्करबाट सुवेदीको घटनास्थलमै मृत्यु भएको र ट्रकचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।































