“एउटा अपराधी लुकाउन,अर्को अपराध गर्ने छुट कसैलाई छैन”- योगेन्द्र बुढा

21.5K
shares

काठमाडौ । एउटा अपराधी लुकाउनको लागि,अर्को अपराध गर्ने कुचेष्टा कसैलाई नभएको भन्दै अनेरास्ववियू केन्द्रिय सदस्य योगेन्द्र बुढाले उनकै सगंठनका अनेरास्ववियूका संयोजक एन महरलाई चेतावनी दिएका छन् ।

समाजिक संजाल फेसबुक मार्फत अनेरास्ववियू संयोजक महरले स्वास्थ्य मन्त्रीको बचाउ गर्दै लेखेका छन् -“अहिले कोरोना भाइरसका बिरुद्ध घरमै बसेर लड्दैछौं, भुस्याहा कुकुर र गिद्धहरुको हिसाब किताब मैदानमा आएपछि गरौंला” भन्दै सामाजिक संजालमा लेखे पछि उनको व्यापक आलोचना तथा समर्थन भएको थियो।

संयोजक महरको उक्त अभिव्यक्ति गैरजिम्मेवार र भ्रस्टाचारको पक्षपोषण गरेको भन्दै अनेरास्ववियूका केन्द्रिय सदस्य बुढाले इटको जबाफ पत्थरले दिने र एउटा अपराधी लुकाउनको लागि,अर्को अपराध गर्ने कुचेष्टा नगर्न समेत महरलाई चेतावनी दिएका छन् ।

उनले प्रश्न गरेका छन् -“चिनियाँ दूतावास र सिचुवान प्रान्तले दुई सय ८० रुपैयाँ (१६.५० युआन) मा दिएको एन–९५ मास्क नेपाल सरकारले आठ सय ३३ रुपैयाँ (सात डलर) मा कसरी किन्यो ? त्यस्तै, चिनियाँ सरकारले पाँच सय पाँच रुपैयाँ (३० युआन) का दरले दिएको प्रोटेक्टिभ गगल्स नेपाल सरकारले २१ सय ५२ रुपैयाँ (१८ डलर) केको आधारमा तिर्‍यो ?

चिनियाँ सरकारले चार हजार सात सय १८ रुपैयाँ (दुई सय ८० युआन) मा दिएको इन्फ्रारेड थर्मोमिटर नेपाल सरकारले किन्दा सात हजार सात सय ७१ (६५ डलर) कसरी पर्‍यो ? यो भ्रष्टाचारको जवाफदेही नेपाल सरकारको कुन विभाग र कुन पदाधिकारी हुने ?

अख्तियारको उपयोग नगर्नु, समयमा निर्णय नगर्नु र सार्वजनिक ढुकुटीमा क्षति पुर्‍याउनुलाई पनि भ्रष्टाचार भनिन्छ । यो भ्रष्टाचारको जवाफ कसले दिने भन्दै स्वास्थमन्त्री प्रती आक्रोश  प्रकट गरेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083