क्वारेन्टाइनमा राख्न लैजाने क्रममा कर्णाली नदीमा एक युवा बेपत्ता

8.8K
shares

काठमाडौं । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । आइतबार मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडाका प्रेम विक नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

रोजगारीको लागि भारत गएका विकसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएका थिए । शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएको थियो ।

बाँकी रहेका खत्याड गाउँपालिकाका १३ झुगलामै रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा बसाउन खोज्दा नमानेपछि उनीहरुलाई पालमा राखेका थिए । पालमा बसेका मध्ये विकका दाजुसहित तीन जना नुहाउन गएका थिए । कर्णाली नदीको छेउमा विकका कपडा भेटिएको र नुहाउँदा दाजु समेत सँगै भएकाले विक नदीमा बेपत्ता भएकै हुनसक्ने अनुमान गरिएको छ ।

विकलाई खोज्न नदी किनारमा बाजुरा, कालीकोट र मुगुका प्रहरी खटिएका छन् । नुहाउँदा बेपत्ता भए वा आइतबारदेखि क्वारेन्टाइनमा बस्नुपर्छ भनेर लुगा छोडी कतै भागे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083