साढे चार करोड बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

6.73K
shares

काठमाडौँ। 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले कोभिड–१९ विरुद्धको पूर्व तयारी तथा त्यसको फैलावट रोकथाममा सघाउन रु चार करोड ५३ लाखबराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरस नियन्त्रणका निम्ति अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई उक्त संस्थाले आफूसँग आबद्ध १६ वटा संस्थाको संयुक्त सहयोगमा खरिद गरिएका पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टलगायत सामग्री आज हस्तान्तरण गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ र समाज कल्याण परिषद्का निमित्त सदस्य सचिव शिवकुमार बस्नेतको उपस्थितिमा संस्थाका अध्यक्ष अच्यूतकुमार लुइँटेलले ती सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घले ती सामग्री खरिद गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083