टोखामा पहिरोले पुरिएर ३ वर्षका जुम्ल्याह बच्चाको मृत्यु

10.6K
shares

काठमाडौँ । टोखा नगरपालिका–१ तासीडाँडामा ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ । उनीहरुको पहिराले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए ।

आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको डीएसपी खड्काले बताए ।

धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् । ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए ।