प्रचण्डद्वारा बर्मन बुढाको निधनप्रति दुःख व्यक्त
वि.सं.२०७७ साउन ७ बुधवार ०९:५१
shares

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ ।
सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो’, प्रचण्डले जारी गरेको शोक बक्तव्यमा भनिएको छ, ‘उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ ।
संघर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’
हार्दिक समवेदना
रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको असामयिक निधनले मर्माहत बनाएको छ । कमरेड बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।
नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।
उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
– अध्यक्ष, प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

















