कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

5.34K
shares

कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ।

नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको बताए।

विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको रु चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले बताए।

बरामद गरिएको रकममा रु ५०० दरका ४०० थान र रु दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ।

उक्त भारुको नेपालमा रु छ लाख ४० हजार हुन्छ।

पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083