काठमाडौँ परिसरको नेतृत्व एसएसपी अशोक सिंहलाई
वि.सं.२०७७ मंसिर ५ शुक्रवार १३:५३
9.54K
shares
shares

गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । ललितपुर र काठमाडौँका प्रहरी प्रमुखहरु फेरिएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँमा अशोक सिंह आएका छन् भने ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले हाल प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीको सरुवा गर्दै सिंहलाई पठाएको हो।
सिंह प्रहरी प्रधान कार्यलयमा कार्यरत थिए । त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी रामकृपाल साहको सरुवा भएको छ । साह महानगरीय प्रहरी कार्यालय विमानस्थलमा कार्यरत थिए । त्यस्तै विमानस्थलमा एसएसपी केदार ढकाललाई पठाइएको छ ।






























