पूर्व सांसद कमानसिंह लामाको निधन

8.84K
shares

पूर्व सांसद तथा पूर्वराजदूत कमानसिंह लामाको निधन भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको बिहान दुई बजे निधन भएको हो । लामा कोभिड–१९ को संक्रमणबाट बिरामी थिए ।

काभ्रेका दिग्गज कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए ।

दक्षिण कोरियामा राजदूत भएर फर्किएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिमा सक्रिय थिए । उनी नेकपाका केन्द्रीय सदस्य हुन् ।