७ बर्षसम्म बहिनीमाथि बलात्कार गर्ने डाक्टरविरूद्ध मुद्दा दर्ता

10.08K
shares

पाल्पामा आफ्नै बहिनीमाथि एक दाजुले ७ बर्षसम्म बलात्कार गरेको पाइएको छ ।

पाल्पाको साविक दोमान गाविस ५ की ३२ वर्षीया युवतीले आफ्नै दाजुविरूद्ध अदालतमा मुद्दा दर्ता गराएकी हुन्। बुटवलमा बस्ने ती युवतीले अदालतमा मुद्दा दर्ता गराएकी हुन् ।

बलात्कार मुद्दा अनुसन्धानको हद म्याद नाघिसकेकाले ती युवतीले हाडनाता करणी शीर्षकमा अदालतमा मुद्दा दिएकी हुन्। पाल्पा जिल्ला अदालतमा बुधबार आफ्नै दाजुले बलात्कार गरेको भन्दै हाडनाता करणीउपर कारबाहीको माग गर्दै मुद्दा दर्ता गराएकी हुन् । युवतीको मुद्दामाथि अदालती कारबाही सुरू भइसकेको छ।

मुद्दामा उनले पाल्पामा रहँदा आफू सातदेखि १४ वर्षसम्म दाजुबाट बलात्कारको सिकार भएको बहिनीको आरोप छ । दाजु भनिने को हुन ? अहिलेसम्म खुलेको छैन् ।

यसरी सात वर्षसम्म दाजुबाट बलात्कृत हुँदा आफू मानसिक रूपमै विक्षिप्त बनेको बताएकी छिन् । उनका बलात्कारी दाजु अहिले डाक्टर भएका छन् ।

उनी आफ्नो आमाबुवाको निधन भएपछि आफ्नै दाजुविरुद्ध कानुनी उपचारको लडाईमा होमिएकी हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083