स्वदेश फर्कियो चिनियाँ टोली

7.49K
shares

काठमाडौं । चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु स्वदेश फर्किएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको चार सदस्यीय टोली हिमालय एयरलाइन्सबाट बुधबार बिहान ९ः४० बजे स्वदेश फर्किएको हो। आइतबार दिउँसो काठमाडौं ओर्लिएको टोलीले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो।

नेपाल भ्रमणको क्रममा चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, झलनाथ खनाल, शेर बहादुर देउवा, डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेको थियो ।

संसद विघटन गरिएको र सत्तारुढ नेकपा विभाजनतर्फ गएको अवस्थामा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबीच चीनबाट उच्चस्तरीय टोलीले गरेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083