पत्रकार महासंघको निर्वाचनमा एशोसियटतर्फ कृति भट्टराईको उम्मेदवारी

Nepal Life Insurance Long Ad

संचारकर्मी कृति भट्टराईले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा एशोसियटतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । करिव २० वर्ष अगाडी सुरु भएको उनको पत्रकारिता रेडियो हुँदै टेलिभिजनसम्म आईपुगेको छ ।

पत्रकारिकाको मूल धर्म निर्वाह गर्दै समाजलाई सकारात्मक दिशामा डोर्‍याउने कर्तब्यबाट कहिले च्युत नहुने र श्रमजीवी पत्रकारको हकहितको लागि सदैव लागि पर्ने भन्दै उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका फिल्ममा अभिनय गरेकी कृतिले ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ टेलिसिरियलमा समेत अभिनय गरिसकेकी छन् ।

रेडियो नेपाल, नेपाल टेलिभिजनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै इमेज टेलिभिजनसँग जोडिएकी कृति पछिल्लो समय जनता टेलिभिजनमा आबद्ध छिन । जीवनको ऊर्जाशील समय खर्चिएको सञ्चार क्षेत्रलाई दिएको हुनाले यसको वृद्धिविकासका लागि कृतिले महासंघमा उम्मेदवारी दिएकी हुन् ।

उनले जनता टेलिभिजनमा समाचार प्रस्तोता, समाचार सम्पादक हुँदै समाचार संयोजक समेतको जिम्मेवारी निभाएकी छन् ।

२० चैत २०७७, शुक्रवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु