स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु

11K
shares

पाल्पामा एक व्यक्तिले स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो ।शुक्रबार साँझ बारीमा स्याल धपाउन बन्दुक प्रहार गर्दा धनबहादुरको टाउकोमा छर्रा लागेको प्रहरीको भनाई छ । घर नजिकैको मकैबारीमा आएको स्याललाई ताकेर भरुवा बन्दुक पड्काउने क्रममा अचानक आफ्नै छोराको टाउकोमा छर्रा लागेर मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । कर्णबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डिएसपी त्वातीले जानकारी दिए ।


divya collage
unigloble collage