काबुलबाट उद्धार गर्दा ज्यान जानसक्छः बाइडेन

6.15K
shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले एकपटक पुनः अफगानिस्तानको स्थितिमाथि आफ्नो धारणा व्यक्त गर्दै अफगानस्तिानबाट अमेरिकीको फिर्ती ‘ज्यान जाने खतरा बिना’ हुन नसक्ने स्वीकार गरेका छन् ।

ह्वाइट हाउसमा बोल्दै बाइडेनले अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म १३ हजारलाई निकालेको जुन इतिहासको सबैभन्दा ठूलो र सबैभन्दा मुश्किल एयरलिफ्ट भएको बताएका छन् ।

बाइडेनले सबै अमेरिकीसमेत अमेरिकी फौजीको मद्दत गर्ने ५०–६५ हजार अफगान मानिसहरुलाई पनि निकाल्ने बचन दिएका छन् ।

तालिबानले तीब्र रुपमा देशमा कब्जा जमाएपछि अमेरिकाको लगातार आलोचना भइरहेको छ ।

बाइडेनले भने, ‘कोही पनि अमेरिकी जो आफ्नो घर जान चाहन्छन्, हामी उनीहरुलाई घर ल्याउनेछौं ।’

पत्रकारको प्रश्न लिँदै राष्ट्रपतिले बाइडेनले भने, ‘अमेरिकी फौज देश छोड्ने आशा लिएर अफगान सहयोगीसँग पनि यही बचन गर्दछ ।’

यद्यपि, उनले पछि  अमेरिकी नागरिकलाई निकाल्नु प्राथमिकता हुने कुरा पनि जोडे ।

यो मिशन खतरनाक छः

बाइडेनले भने, ‘कुनै गल्ती गर्नु हुँदैन, निकाल्ने यो मिशन खतरनाक छ । हाम्रो सुरक्षाबलमाथि खतरा छ र यो निकै कठिन परिस्थितिमा गरिँदैछ ।’

‘म बचन दिन सक्दिनँ कि अन्तिम परिणाम कुनै क्षती वा हानीबिना आउनेछ । तर कमान्डर इन चिफ भएको नाताले म विश्वास दिलाउन चाहन्छु कि म हरेक स्रोत साधन जुटाउनेछु ।’

उनले थपे, ‘काबुलमा फसेका अमेरिकीलाई निकाल्नका लागि अमेरिकी फौजलाई पठाउन आवश्यक छैन किनभने अमेरिकी पासपोर्ट भएका कुनै पनि व्यक्तिलाई तालिबान एयरपोर्टमा प्रवेशको अनुमति दिइरहेको छ ।’

यद्यपि, यस्ता थुप्रै रिपोर्ट पनि सार्वजनिक भइरहेका छन् जसमा बताइएको छ कि काबुलमा अमेरिकी नागरिकलाई विमानस्थलसम्म पुग्न समस्या भइरहेको छ ।

पोलिटिकोको एक रिपोर्ट अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार नेतालाई अफगानिस्तान छोड्ने कोसिस गरिरहेका अमेरिकीलाई तालिबान लडाकूले कुटपिट गरेको बताएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083