बालुवामुनि लुकाएको अवैध काठसहित ट्याक्टर बरामद
वि.सं.२०७८ कात्तिक २८ आइतवार ११:१८
9.49K
shares
shares

रौतहटस्थित सशस्त्र प्रहरी र बन सुरक्षा गस्तीको संयुक्त टोलीले तस्करले बालुवा मुनि लुकाएर राखेको अवैध काठ सहितको ट्याक्टर बरामद गरेको छ । गुजरा नगरपालिका ४ सेमरी दोमुहान खोला किनारबाट आज बिहान साढे ४ बजे बालुवा मुनि राखिएको काठ सहित ना ५ त ७६९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको चोंचा सेक्टर वनका प्रमुख राजेश साहले रातोपाटीलाई बताए ।
विशेष सूचनाको आधारमा सेक्टर वन कार्यालय जंगलसहियाका प्रमुख रामदेव चौधरी, जमदार सगिर मियांको नेतृत्वमा गएको वन सुरक्षा गार्ड र सशस्त्र पोष्ट हरिनगरको संयुक्त गस्ती टोलीले काठको माथि बालुवा लोड गर्ने क्रममा उक्त ट्याक्टर नियन्त्रणमा लिएको डिभिजन वन रौतहटका प्रमुख अमरदेव यादवले बताए ।
































