किन डराउनु पर्देन नयाँ भेरियन्ट ओमिक्रोनबाट

6.63K
shares

कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्।​ डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको लडाईका लागि तयार र सतर्क हुन आवश्यक छ।’

हालसम्म ओमिक्रोन भेरियन्ट ४० वटा मुलुकमा फेला परेको छ। दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले पहिलो पटक सो भेरियन्ट पत्ता लगाएका हुन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको छ ।

भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई लिएर आतंकित हुन नपर्ने बताएकी छिन् । भट्टले भनिन्, ‘ओमिक्रोन भेरियन्टले खोप लगाएकाहरूलाई र संक्रमित भइसकेर एन्टिबडी भएकाहरूमा पनि संक्रमण गराउनसक्छ भन्ने कुराले गर्दा मानिसहरू आतंकित हुनु स्वभाविक हो। तर ओमिक्रोन पनि पहिल्यैको जस्तो उत्परिवर्तित भएर आएको नयाँ भेरियन्ट हो। त्यसैले पहिले जुन सावधानीका उपायहरू अपनाएका थियौं त्यहीँ उपायहरू पालना गरे यसबाट सुरक्षित रहन सक्छौं।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083