शक्ति बस्नेतले गरे गन्जाउ मार्केटको शूभारम्भ तथा नेकपा माओबादीका बरिष्ठ नेता शक्ति बस्नेतले आज गन्जाउ मार्केटको उदघाटन् गरेका छन् । उदघाटन समारोहमा अनेरास्वबियुका निवर्तमान अध्यक्ष रन्जित तामाङ , तिलक राजभण्डारी, सुरेन्द्र बस्नेत, इन्द्र भुषाल, अनेरास्ववियू महासचिव आरती लामा लगायत नेताहरूको उपस्तिथिती रहेको थियो । काठमाडौंको चावहिलमा रहकोे उक्त मार्केटमा सबै खाले कपडाका फेन्सी आइटमहरु पाइन्छन् । ग्राहकलाई लक्षित गरि आफुहरुले उक्त मार्केट सन्चालनमा ल्याएको सन्चालक रोक्काले मुक्ति खबरलाई जानकारि दिएका छन् । गन्जाउ मार्केट पुरानो बानेश्वरमा पनि छ । सन्चालक रोक्का राजनिती गर्नेले आर्थिक हैसियत दरो बनाउनुपर्छ भन्ने कुराको आफैमा एक रोलमोडल हुन् । अनेरास्वबियुका बरिष्ठ नेता रोक्काले व्यवसायबाट आत्मनिर्भर बनेर समाजसेवा र राजनितिक गरिरहेका छन् । त्यति मात्रै होन रोक्काले केहिलाई रोजगारी पनि दिएका छन् । युवाहरुले उत्पादनमुुलक क्षेत्रमा लाग्नुपर्छ भन्ने एक उदाहराणीय पात्र श्याम रोक्का हुन् । आगामी दिनहरुमा मार्केटको दायरा फराकिलो बनाउदंै लैजाले तयारी गरिरहेको सन्चालक रोक्काले जानकारी दिएका छन् ।