राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटावार्ता
वि.सं.२०८० वैशाख २१ बिहीवार १४:१७
3.22K
shares
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेल भेट्न
शीतल निवास पुग्नु भएको छ ।
भारतको नयाँ दिल्लीमा उपचारपछि फर्किनु भएका राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पहिलो पटक भेटवार्ता भएको हो । पौडेल आइतबार राति नेपाल एअरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनु भएको थियो ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच पौडेलको स्वास्थ्य अवस्थाकाबारेमा कुराकानी हुनुका साथै राजनीतिक कुराकानी भएको बताइएको छ ।































