‘टेकपानाका सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको होईन’ : सुन्दर यातायातका सञ्चालक थापा
वि.सं.२०८० वैशाख २१ बिहीवार २०:२४
shares

काठमाडौं । सुन्दर यातायातका सञ्चालक भेषबहादुर थापाले बुधबार रिपोर्टिङका क्रममा टेकपानाका सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको समाचार विभिन्न मिडियामा आए पछि आप्पत्ती जनाएका छन् । टेकपाना लगाएत अन्य मिडियाहरुले गलत समाचार सम्प्रेषण गरेको आरोप समेत थापाले लगाएका छन् । बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै टेकपानाले उक्त दुर्व्यवहारको घटनाको निन्दा गरेको समाचारप्रती थापाले सञ्चारकर्मीमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताए ।
सुन्दर यातायात अन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले नेपालमा तयार पारिरहेको विद्युतीय बाइकको रिपोर्टिङको लागि बुधबार टेकपानाका सञ्चारकर्मी कम्पनीको वर्कशप आएको कुरा बताउँदै सञ्चारकर्मीले मनलाग्दी रुपमा कम्पनीमा आएर भिडियो फोटो खिचेको कुरा बताए । त्यो भिडियो फोटो खिच्दा खेरी आफु कम्पनीमा नभएको त्यो समय आफ्ना कम्पनीमा कार्यरत कर्मचारी मात्रै भएको कुरा बताए ।
सञ्चारकर्मी गइ सके पछि मात्रै आफू आएको कुरा बताउँदै कम्पनीमा कार्यरत कर्मचारीहरुले सञ्चारकर्मीले यस्तो गरेर जानु भयो भने पछि, मैले तुरुन्तै टेकपानाका सञ्चारकर्मीसँग कुरा गर्दा हामी फेरी त्यँही आइ हाल्यौ भन्दै कुरा गरेको तर उनीहरु नआएको कुरा थापाले बताए । टेकपानाले निकालेको विज्ञप्तिमा कुनै पनि सत्यता नरहेको जानकारी गर्दै मप्रती र कम्पनीमाथि चरीत्र हत्या गर्न खोजेको बताए । उल्टै टेकपानाका सञ्चारकर्मीले हामीमाथी ब्याल्कमेलीङ गर्न खोजेको कुरा उनले बताए ।































