एआईजी श्याम ज्ञवालीले पाए अख्तियारबाट सफाई

6.42K
shares

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि परेको उजुरीमा कुनै कैफियत नदेखिएको जनाएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) को प्रतिस्पर्धा रहेका एआईजी ज्ञवालीमाथि प्रहरी सेवामा प्रवेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिताको जन्म मिति सच्याएर सेवा प्रवेश गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

सोही उजुरीबारे अनुसन्धान गरेको अख्तियारले करिब एक महिनापछि नागरिता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिए पछि उजुरी तामेलीमा राखेको हो ।

यस अघि ज्ञवालीको जन्ममितिबारे गृह मन्त्रालयले समेत अनुसन्धान गरेको थियो । गृहले समेत उनको शैक्षिक प्रमाणपत्र र नागरिताको जन्म मितिमा कैफियत नदिएको जनाएको छ ।

ज्ञवालीमाथि अख्तियारमा परेको उजुरीकै कारण सरकारले उनलाई आईजीपी नियुक्त गर्नबाट पछि हटेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083