केपी ओली भन्छन् : ‘लखेटी-लखेटी हत्कडी लगाउने कुरा सह्य हुँदैन’

5.84K
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु भ्रष्टाचार गर्नेलाई जोगाउन नलाग्ने तर सरकारले निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै उनले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको बताएका हुन् ।

पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा उनले भने, ‘करप्सनलाई एमालेले टोलरेट गर्दैन। तर कसैलाई खेदी खेदी हत्कडी लगाउने कुरा कसैलाई छोड्ने कुरा सह्य हुँदैन’ उनले भने । यो घटनालाई एमालेतिर लक्षित गर्ने कोशिस भइरहेको भन्दै ओलीले आपत्ति जनाए ।

यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै ओलीले अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गरे ।

‘मैले भ्रष्टहरु नछुटुन् भन्नुको अर्थ छ, प्रधानमन्त्री नै भ्रष्टहरुलाई जोगाउन लाग्नु भएको छ’ उनले भने, ‘मैले गएर मान्छे छुटाउन, दोषीलाई कारबाही नगर्न दबाव दिएँ भन्ने भान पार्न खोजिएको छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083