‘राष्ट्रपतीय प्रणालीमा जाऊँ, अहिल्यै उम्मेदवारी घोषणा गर्छु’ : डा. बाबुराम भट्टराई

'छिटो राष्ट्रपतीय प्रणालीमा जाऊँ, म चुनावमा उठ्न तयार छु'

Nepal Life Insurance Long Ad

काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले केही समय अगाडी माओवादीसँग मिलेर देशमा कांग्रेस–एमालेको वैकल्पिक शक्ति निर्माण गर्ने मात्र होइन, अन्तिम पटक चुनाव लड्ने बताएका थिए । चुनावमा एउटै चिह्न लिएर लड्ने र चुनावपछि एकता नै गर्ने भन्दै उनले कार्यकर्तालाई प्रशिक्षण समेत दिएका थिए ।

नेसपासँग मिलेर जान रणनीति बनाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पार्टी प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रम राखेर भनेका थिए, ‘बाबुरामजीलाई आँच आउने कुनै पनि कुरा नगर्नुहोला । चुनावमा मिलेर जाने र पछि एकता गर्ने भनेर गृहकार्य गरेका छौं, उहाँलाई सम्मानै गर्नुहोला ।’

पानी बाराबारको अवस्थामा रहेका दुई नेता एकता गर्ने तहसम्म कसरी पुगे भन्ने नेता–कार्यकर्ताले त्यतिबेला मात्र बुझे, जतिबेला अन्तिम पटक चुनाव लड्ने बताउँदै आएका डा. बाबुरामले प्रचण्डका लागि गोरखा–२ नै छोडि दिए । २०७४ मा चितवन–३ बाट निर्वाचन लडेका प्रचण्डलाई गोरखा–२ मा सघाएका बाबुराममाथि काठमाडौं–७ मा छोरी मानुषी यमी भट्टराईलाई टिकट दिलाएको बात पनि लाग्यो ।

चुनाव जितेर प्रचण्ड देशको प्रधानमन्त्री छन् । बाबुराम पनि १० दलीय गठबन्धनमै छन् । तर पार्टी एकताको उद्घोष अलपत्र छ भने बाबुरामले पनि भूमिका देखाउन सकिरहेका छैनन् । त्यही बेला पोखरा आइपुगेका डा. भट्टराई पनि फरक सुनिए । प्रचण्डसँग संवाद गर्ने फुर्सद नै नभएको बताइरहेका छन्, चुनाव अघि पनि पार्टी एकता गर्ने भनेर कहिल्यै नभनेको दाबी गरेका छन् ।

भट्टराईले अब आफू अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीलाई नै बलियो बनाउने दाबी गर्छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ दलहरूप्रति देखिएको आकर्षण आफैंले रोपेको विचारको बीउ भएको दाबी गरेका भट्टराईले राष्ट्रपतीय चुनावमा जानुको विकल्प नभएको समेत जिकिर गरे । उनी भन्छन्, ‘राष्ट्रपतीय चुनावमा जाऔं, अहिल्यै उम्मेदवारी घोषणा गर्छु ।’

यहाँ प्रस्तुत छ, डा. बाबुराम भट्टराईसँग मुक्ती खबर सञ्चारकर्मी भुमिराज अधिकारीले गरेको संक्षीप्त कुराकानी

२०७३ सालमा नयाँ शक्ति गठन गरेर निस्कनु भयो । सपा, जसपा, नेसपा हुँदै चुनावमा प्रचण्डसँग सहकार्य गर्न पुग्नुभयो । आज–भोलि कहाँ हुनुहुन्छ ?

म आफ्नो फाइदाभन्दा पनि देशका लागि भनेर लागेको मान्छे हुँ । तीव्र आर्थिक विकास र समृद्धिको बाटोमा जान हाम्रो राजनीतिक प्रणाली राम्रो छ, तर शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा नगएसम्म नेपालमा राजनीतिक स्थिरता हुँदैन, स्थिरता विना सुशासन हुँदैन, सुशासन विना समृद्धि हुँदैन भनेर हिंडिराखेको छु । ९२०७२ मा नयाँ संविधान जारी भएपछि० दुई पटक चुनाव भए, तर कसैको बहुमत आएन नि १ जबसम्म निर्वाचन प्रणाली फेरिंदैन, तबसम्म राजनीतिक स्थिरता हुँदैन भन्ने विश्वास छ । अहिले पनि त्यही अभियानमा छु ।

एकता गर्ने भनेर माओवादीकै चिह्नबाट चुनाव लडेका होइनन् र नेसपाका नेताहरू ?

म कहिल्यै माओवादीमा फर्किएको छैन । बाबुराम भट्टराई देश र जनताका निम्ति आजीवन हिंडेको मान्छे, उसका पनि विचार, सोच त होलान् । तर माओवादीमा फर्क्यो, विलीन भयो भन्ने दुष्प्रचार भइराखेको छ । मिडियाले पनि तथ्य बंग्याइदिनुभएन, नेपाल समाजवादी पार्टी १० दलीय गठबन्धनको अंग छ ।

त्यो बेला तपाईं राष्ट्रपति बन्नेदेखि मानुषीका लागि काठमाडौंको टिकट लिएको आरोप पनि लाग्यो नि ?

जसले सारा जीवन देश र जनताका लागि लगाउँदै के गरौं भनेर लागेको छ, उसैबारे यस्तो निम्नस्तरको कुरा नगरिदिए हुन्थ्यो । जसको चेतनास्तर नै छैन, उसले लगाइरहेको आरोप हो, यो ।

म राष्ट्रपतीय प्रणालीमा नभएसम्म चुनाव लड्दिनँ । प्रत्यक्ष राष्ट्रपतीय चुनाव गरौं, बाबुराम भट्टराईले अहिल्यै उम्मेदवारी घोषणा गर्छ । अमेरिकामा ८० वर्षका जो बाइडेन फेरि राष्ट्रपति उठ्छु भन्दैछन्, म त बल्ल ६९ वर्ष भएँ । ल छिटो राष्ट्रपतीय प्रणालीमा जाऊँ, बाबुराम भट्टराई चुनावमा उठ्छ । तर यस्तो अस्थिर प्रकारको संसदीय खिचडी, जहाँ कुर्सीको खेल मात्रै भइराखेको छ, बाबुराम भट्टराई त्यो खेलमा छैन ।

अर्को कुरा, मानुषीको आफ्नै इतिहास छ, आफैंले राजनीतिक स्पेस बनाइराखेकी छन् । मैले छोरीलाई उत्तराधिकारी बनाउन चाहिरहेको छैन । मैले साटेको भए त गोरखा लगिहाल्थें नि १

तर माओवादी र नेसपाबीच पार्टी एकता नै गर्ने भनेर त कार्यदल बनाएको हो नि, होइन ?

यो गलत हो । हामीले कहिल्यै पनि एकता गर्ने भनेका छैनौं । मैले त सुरुदेखि नै भन्दै आएको थिएँ, माओवादी पनि एउटा आन्दोलनको उचाइमा पुगेपछि ओरालोतिर लाग्यो । पछिल्लो समय प्रचण्ड पनि माओवादी आन्दोलनले एउटा विन्दुमा पुर्‍यायो, अब नयाँ ढंगले जानुपर्छ भन्ने ठाउँमा पुग्नुभएको छ । त्यसो हो भने नयाँ ढंगबाट सहकार्य गरौं भनेर सहकार्य गरेको हो । चुनाव साझा चिह्नमा लड्यौं, पार्टी अलग हो । हामी स्थिरता र समृद्धिका निम्ति कार्यकारी राष्ट्रपतिमा जानुपर्छ भन्ने वैकल्पिक अभियानमा छौं ।

शान्ति प्रक्रियाको काम नसकिएकाले त्यसलाई टुंगोमा पुर्‍याउन गठबन्धनमै छौं । तर म शान्ति प्रक्रियाका बाँकी काम पूरा गरौं, संविधानका त्रुटि सच्याऊँ र देशलाई समृद्धिमा पुर्‍याउन वैकल्पिक राजनीतिमा जाऔं भन्ने अभियानमै छु । गरिबी र बेरोजगारीको समस्या हल भएकै छैन, ५०औं लाख युवा विदेश पलायन भइराखेका छन्, श्रमलाई मात्र होइन, शिक्षाका लागि पनि विदेश पलायन भएका छन् । संरचनात्मक गम्भीर समस्या छन् नि १

कसले गर्दा निम्तिएको हो त यो समस्या रु निरन्तर सत्तामै रहेका दलहरूले गर्दा होला । तपाईं पनि हिजो सत्तामै हुनुहुन्थ्यो, आज सत्तालाई साथ दिइ रहनु भएको छ ?

सत्तालाई साथ होइन, सहकार्य हो । संविधान संशोधन गरेर शासकीय प्रणाली बदल्ने अभियानमा छौं, दलहरूलाई आग्रह गरिरहेका छौं । देशमा समृद्धि भयो भने पलायन रोकिन्छ । तर जति–जति चुनाव भयो, नेताहरूको समय खालि अंकगणित मिलाउने, सत्ताकै कुर्सी टिकाउने मात्र हुन थाल्यो । एकै कार्यकालमा ३र३ जना प्रधानमन्त्रीसम्म बाँडफाँड गर्ने भन्ने चालले देश बन्छ रु बन्दै बन्दैन । त्यसकै असन्तुष्टि नै अहिले व्यक्त भइराखेको छ ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको लहर आउनुको कारण पनि त्यही हो ?

मैले २०७० सालमै नयाँ शक्तिको खाँचो छ भनेर लेखेको थिएँ । त्यो बेलै मैले यो परिस्थितिको आकलन गरेको थिएँ । विचार बोक्ने मान्छेले विचारकै बीउ रोप्ने हो । बीपी र पुष्पलालले संविधानसभा र गणतन्त्रको कुरा गरेका थिए, तर त्यो बेला सम्भव थिएन । हामीले पूरा गर्‍यौं। हामीले रोपेको विचारको बीउ अहिले उम्रिराखेको छ, भुल्काहरू उठिराखेका छन् । आगामी दिनमा अझै अगाडि बढ्दै जान्छ, तर हामीले भनेको ठाउँमै यो देश आइपुग्छ ।

अहिलेसम्म हेर्नुहुन्छ भने मैले भनेको भइराखेको छ । २०४६ सालपछि नै संविधानसभाबाट संविधान नबनाएसम्म, गणतन्त्र नआएसम्म हुन्नँ मैले भनेको थिएँ, पत्याएनन् । आखिर २० वर्षपछि त त्यहीं पुग्यो । अहिले मैले भनिराखेको छु, राष्ट्रपतीय प्रणालीमा नगइहुन्न । हेर्नुहोला, एक दिन मान्छेले बुझ्छन् ।

आफ्नो पार्टी नेसपा र यसको एजेण्डालाई जनतामाझ परीक्षण नै गराउनुभएन नि ?

मान्छेले रातारात परिवर्तन खोजिरहेका छन्, तर परिवर्तनका निम्ति वर्षौं लाग्छ । गणतन्त्र रातारात आएको होइन । म २०४७ देखि २०५१ सालसम्म सयरडेढ सय जनाको जुलूस लिएर गएर काठमाडौंमा नारा लगाउँदा कस्तो मूर्ख रहेछ, पागल रहेछ भन्थे । त्यो हामीले बीउ रोपेका थियौं र पछि झ्यांगिएर विद्रोह भयो । अब अर्को चरणमा जान पनि केही समय लिन्छ, २/४ वर्षमै हुँदैन । ऐतिहासिक परिवर्तनहरूले समय लिन्छ, हामी त्यही अभियानमा छौं । बाबुराम भट्टराई दृढतापूर्वक यसमै छ, कोसिस गरिरहेको छ, गरिरहन्छ । लामो यात्रामा कोही मुग्लिनमा छुटे होलान्, कोही साथमै होलान् । वैकल्पिक शक्ति चाहिन्छ भन्ने आवाज हामीले उठाएका हौं, त्यसैले धेरै खुसी छु म त।

जनलहर देखिएका नयाँ पार्टी र तपाईंहरू एकैठाउँमा आइपुग्ने सम्भावना देख्नुहुन्छ ?

भर्खर त बनिराखेको छ, कसैले २र४ सिट ल्याएका छन्, कसैले १८र२० सिट ल्याएका छन् । यतिले पर्याप्त हुँदैन । विचारको बीउ रोपिएको छ, उम्रिंदै जान्छ, त्यसमध्येमा चाहिं कुन बिरुवा बढी स्वस्थ हुन्छ, उही बढी हुर्किन्छ । अरू त्यसमै समाहित हुनसक्छ, तर केही समय यो प्रतिस्पर्धात्मक रूपमै जान्छ ।

१० वैशाखको उपचुनाव परिणामपछि त परम्परागत दलहरूलाई सच्चिने कि सक्किने भन्ने दबाव परेको देखिन्छ । २०८४ को चुनावको दृश्य कस्तो होला ?

पार्टी भनेका साध्य होइनन्, खासखास ऐतिहासिक चरणमा देशको आवश्यकता पूर्ति गर्न बनेका साधन मात्र हुन् । पुराना राजनीतिक शक्तिहरूले आफ्नो कालखण्डमा आफ्नो भूमिका निर्वाह गरे, उनीहरूलाई धन्यवाद दिनुपर्छ ।

अब चाहिं देशमा समग्र हिसाबले एकताबद्ध गर्ने, भूराजनीतिक सन्तुलन मिलाउने, सुशासन दिएर विकास समृद्धि ल्याउने एजेण्डा छ, त्यसमा केन्द्रित हुने पार्टी चाहिएको छ । यसका लागि पुराना पार्टी रूपान्तरित हुनुपर्‍यो, नभए नयाँ पार्टी आउँछन् । मैले १० वर्ष अगाडि भनेको अहिले सावित भइराखेको छ ।

म नयाँ पुस्ताका साथीहरूलाई पनि भन्छु, अर्कालाई गालीगलौज गरेर मात्र हुँदैन । राजनीतिक अस्थिरता अन्त्य गरौं, संविधानमा व्यवस्था गरेर राष्ट्रपतीय प्रणालीमा जाऔं । तपाईंहरूले आवाज उठाउनुस् कि छिटोभन्दा छिटो राष्ट्रपतीय प्रणालीमा जाऔं ।

अहिलेसम्म हेर्नुहुन्छ भने मैले भनेको भइराखेको छ । २०४६ सालपछि नै संविधानसभाबाट संविधान नबनाएसम्म, गणतन्त्र नआएसम्म हुन्नँ मैले भनेको थिएँ, पत्याएनन् । आखिर २० वर्षपछि त त्यहीं पुग्यो । अहिले मैले भनिराखेको छु, राष्ट्रपतीय प्रणालीमा नगइहुन्न । हेर्नुहोला, एक दिन मान्छेले बुझ्छन् ।

२५ वैशाख २०८०, सोमवार १७:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु