प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत सिफारिस
वि.सं.२०८० वैशाख २५ सोमवार १९:३४
7.27K
shares
shares

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको छ । संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको हो ।
बैठकमा सहभागी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीशमा कार्कीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।































