आइजिपी कुँवरद्वारा अमेरिका भ्रमण रद्द

6.76K
shares

काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन्। अमेरिकी सरकारको निमन्त्रणामा उनी सोमबार जाने कार्यक्रम तय भएको थियो।

भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गराएका हुन्। प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले महानिरीक्षक कुँवरको भ्रमण रद्द भएको पुष्टि गरे। तर, कारणबारे उनले जानकारी नभएको बताए।

मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे पनि सरकारकै सल्लाहमा उनले नजाने निर्णय गरेका हुन्। सो कार्यक्रममा एआइजीद्वय किरण बज्राचार्य, सुदीप गिरी र डिआइजी रामदत्त जोशी जाने भएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083