‘भ्रष्टाचार र कमिसनखोरको ‘नेक्सस्’ नतोडेसम्म राष्ट्र बन्दैन’ : गृहमन्त्री श्रेष्ठ

4.67K
shares

काठमाडौ । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसका आधा दर्जन भन्दा बढी प्रभावशाली युवा नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।

भुटानी शरणार्थीको आवरणमा भएको एक अर्बको ठगी प्रकरणमा सरकारका पछिल्ला कदमको प्रशंसा गर्दै उनीहरूले ऐक्यबद्धता जनाएका छन् ।

कांग्रेस नेताहरू गुरुराज घिमिरे, गोविन्द पोखरेल, मधु आचार्य, भूपेन्द्रजंग शाही, रन्जित कर्ण लगायतका नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग भेट गरेका हुन्।

भेटमा उनीहरूले भ्रष्टाचार र कमिसनखोरीका विरुद्ध सरकारले लिने निर्णयमा आफूहरूको समर्थन रहेको बताएका थिए । जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको ‘नेक्सस्’ नतोडेसम्म राष्ट्र नबन्ने भन्दै सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाएको एक नेताले जानकारी दिए ।

May be an image of 4 people and text

May be an image of 6 people

May be an image of 9 people and people studying


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083