यूएनएचसीआरले भन्यो : टानी शरणार्थी घटना छानबिनलाई हामी स्वागत गर्दछौँ

काठमाडौँ । नेपालस्थित शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनलाई स्वागत गरेको छ । नेपालस्थित कार्यालयले मुक्तीखबरसँगको कुराकानीमा नेपाली नागरिकहरू ठगीमा परेको पछिल्लो घटनाप्रति गहिरो चिन्तासमेत व्यक्त गरेको हो ।
कार्यालयले नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६, डिसेम्बर ३१ मा समाप्त भएको र फेरि सुचारु नहुने बताएको छ ।
मुक्ती खबरलाई प्राप्त नोटमा भनिएको छ, ‘भुटानी शरणार्थीहरूको पुनर्वास कार्यक्रम अन्त्य गरिरहेका छौँ । फेरि सुचारु हुने छैन ।’ युएनएचसीआरले पुनः बसोबास कार्यक्रमको अन्त्यको बारेमा निरन्तर जानकारी गर्दै आएको जनाएको छ ।
२७ वैशाख २०८०, बुधवार १६:१५ बजे प्रकाशित