‘एमाले संघियता बिरोधी पार्टी हो’ : नेता तामाङ
'एमाले संघियताको पक्षमा कहिल्यै थिएन, अहिले पनि छैन'

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङले एमाले संघियताको पक्षमा कहिल्यै नरहरेको बताएका छन् । एमाले पार्टीको जारी केन्द्रिय समितिमा संघियता आवश्यक नहरेको कुरा उठेको छ । त्यसै सन्दर्भलाई लिएर नेता तामाङले एमाले संघियता बिरोधी पार्टी भएको टिप्पणी गरेका हुन्।
सामाजिक संञ्जालमा उनले लेखेका छन् ; एमाले संघियताको पक्षमा कहिल्यै थिएन,
त्यसैले उलाई अहिले बोझ लाग्नु स्वभाविक छ, त्यस बखत त जनमतका अगाडि संघियता नमान्दा जनताले नपत्याउने भएका कारण मात्र उसले स्वीकार गरेको हो। यसर्थ,एमालेले संघियता मान्दिन भन्दा बिरोध गर्नु भन्दा हाल सम्म संघियता मानेकोमा धन्यवाद भन्नु सहि होला! एमाले बैठक!!
३० वैशाख २०८०, शनिवार १८:३३ बजे प्रकाशित