साउदी भिसा सेन्टर खोल्न ‘भीएफएस ग्लोबल सर्भिसेज नेपाल’ को नाममा कम्पनी दर्ता

राजदूतले नै सङ्घका प्रतिनिधिलाई झुटो बोलेको खुलसा

Nepal Life Insurance Long Ad

काठमाडौँ । नेपालमा साउदी अरेबियाको भिसा सेन्टर खोल्नका लागि कम्पनी दर्ता गरेको पाइएको छ । कम्पनी रजिस्टार कार्यालयमा भीएफएस ग्लोबल सर्भिसेज नेपाल नामक कम्पनी दर्ता गरेको पाइएको हो ।

उक्त कम्पनी ९ असार २०७९ सालमै दर्ता गरेको पाइएको हो । उक्त कम्पनी २९२८८३-७८-०७९ नम्बरमा दर्ता भएको पाइएको देखिन्छ । उक्त कम्पनीका सञ्चालक तथा व्यक्तिहरूको भने अहिलेसम्म केही पनि खुल्न सकेको छैन । सबै कुरा गोप्य नै राखिएको छ ।

कम्पनी रजिस्टारको कार्यालयमा दर्ता गरिएको उक्त कम्पनीलाई दूतावासले भिसा सेन्टर खोल्नका लागि अनुमति दिएको हो । दूतावासले उक्त कम्पनीलाई भिसा र ट्राभल सोलुसन प्रयोजनको लागि खोलिएको हो ।

दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर विभागलाई गरिएको कूटनीतिक नोटमा उक्त भिसा सेन्टर निकट भविष्यमै सञ्चालन गर्ने जानकारी दिइएको छ । दूतावास र कम्पनीबीच भएको सम्झौता अनुसार भिसाका लागि एप्लिकेशन सङ्कलन गर्ने भनिएको छ ।

भिस्फएस ग्लोबल सर्भिसेज नेपाल प्रालीले शेयरवालाको रूपमा दुबईको वल्र्डवाइड होल्डिङ्स् लिमिटेड रहेको छ । उक्त कम्पनीलाई ५ करोड बराबरको सेयर दिइएको छ । त्यसका लागि ३ करोड ५० लाख भुक्तानी गरेको देखिन्छ । भने १ करोड ५० लाख भुक्तानी हुन बाँकी रहेको देखिन्छ। सेयरवालाको रूपमा २०७९ असार ९ गते दर्ता भएको देखिन्छ ।

यो विषयमा परराष्ट्र मन्त्रालयले गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पत्राचार गरेको छ ।

VFS Global Services Nepal page-0003

२८ वैशाखमा गरिएको पत्राचारमा साउदी अरेबियाले भीएफएस ग्लोबल सर्भिसेज नेपालले भिसा तथा यात्रा सम्बन्धी कार्य गर्न लागेको जानकारी गराएको छ । दूतावासले त्यसबारे जानकारी आएको भन्दै मन्त्रालयले त्यसका बारेमा सरोकारवाला निकायलाई जानकारी गराएको हो ।

वैदेशिक रोजगारका लागि नेपाली श्रमिकहरूको प्रमुख आकर्षक गन्तव्य मुलुक साउदी अरबमा विगत ३० वर्षदेखि नेपालीहरू गइरहेका छन् ।

दूतावासले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गरी पठाएको कूटनीतिक नोटका आधारमा २८ गते परराष्ट्र मन्त्रालयले सङ्घलाई इमेलमार्फत उक्त कुराको जानकारी गराएको थियो । साउदी अरब मुलुक प्रवेशका निम्ति सबै प्रकारका भिसा तथा यात्रासम्बन्धी अनुमति प्रदान गर्ने कार्य उक्त कम्पनीले सञ्चालन गर्ने भन्ने जानकारी आएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आपत्ति समेत जनाएको छ ।

सरोकारवाला व्यवसायीलाई गुमराहमा राखी झुक्काउने खेलका साथै श्रमिकलाई थप आर्थिक भार पार्ने उद्देश्य राखेर खोलिएको सङ्घको बुझाई छ । कामदारसँग जोडिने हरेक विषयमा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल र स्वीकृति बिना खडा हुने भिसा सेन्टर, मेडिकल सेन्टरलगायतका संस्थाहरू यस सङ्घलाई मान्य नहुने सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

उक्त कुरालाई बेवास्ता गरिएको खण्डमा सङ्घ कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । गत मंगलबार सङ्घका प्रतिनिधिहरूले साउदी राजदूत साद अबुहैमेदलाई भेटेका थिए । उनीहरुले भेटका लागि विगतदेखि नै प्रयास गर्दा पनि बेवास्ता गर्दै आएका थिए । त्यसपछि सङ्घले विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति जारी गरेपछि राजदूत सङ्घका प्रतिनिधिहरूसँग भेट गर्न राजी भएका थिए ।

भेटको क्रममा उनले भिसा सेन्टर दूतावास आफैँले खोल्ने र त्यसको सञ्चालन तथा व्यवस्थापन सबै दूतावासले नै गर्ने बताएका थिए । तर, राजदूतले नै सङ्घका प्रतिनिधिहरूसँग झुटा बोलेको पाइएको हो ।

नेपाली व्यवसायीलाई भिसा सेन्टरको ठगी धन्दा चलाउने कार्यमा दूतावास नै सक्रिय देखिएको छ । राजदूतले नै सीमित व्यवसायीको दबाबमा भिसा सेन्टर खोल्न दिएको व्यवसायीहरू बताउँछन् ।

VFS Global Services Nepal 0002

उक्त भिसा सेन्टरमा प्रति श्रमिक ३ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने देखिएको छ । त्यही आधारमा पासपोर्ट र आवेदन उक्त सेन्टरले सङ्कलन गर्ने र भिसाको प्रक्रिया दूतावासले नै अगाडि बढाउने गरी प्रक्रिया अगाडि बढाइएको हो ।

VFS Global Services Nepal page-0001

WhatsApp Image

सङ्घका अध्यक्ष भण्डारीले भने श्रमिकलाई जति सक्दो कम शुल्कमा वैदेशिक रोजगारीमा पठाउनुपर्नेमा अनावश्यक भार थुपार्ने काम गर्न लागिएको बताए । त्यसरी व्यवसायी नै नेपाली श्रमिकलाई ठग्ने कार्यमा संलग्न हुन थालेपछि सङ्घले सशक्त प्रतिकार गर्ने उनको भनाई छ ।

हालसम्म कुन कुन व्यवसायी उक्त कार्यमा संलग्न नभएको प्रस्ट नभएको उनको भनाई छ । उक्त कुरा खुलेपछि त्यस्ता व्यवसायीलाई कारबाही गरिने समेत सङ्घले चेतावनी दिएको छ ।

३१ वैशाख २०८०, आइतवार ०८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु