बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

4.77K
shares

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणमा संलग्नलाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणसहित पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका साथसाथै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परेका छन् ।

सो प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमाले नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतिक, बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज र पूर्वसभासद आङ्टावा शेर्पा भने अझै फरार छन् ।

कसलाई कहाँ राखिएको छ?

प्रहरीका अनुसार बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर टेकु, नरेन्द्र केसीलाई लैनचौर वृत्त र टेकनारायण पाण्डेलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । यस्तै सन्दिप रायमाझी, सागर राई, रामशरण केसी र गोविन्द चौधरीलाई प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । यस्तै ईन्द्रजित राईलाई पनि प्रहरी परिसर टेकुकै हिरातमा राखिएको छ ।

सन्देश शर्मालाई दरबारमार्ग वृत्तको हिरासतमा राखिएको छ भने केशव दुलाललाई कालिमाटी वृत्तको हिरासतमा राखिएको छ । यस्तै सानु भण्डारी र कुमार गुरुङलाई जनसेवा वृत्तको हिरासतमा राखिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083