विपदको पूर्वतयारीदेखि शान्ति सुरक्षामा गम्भीर बन्न ७७ सीडीओलाई गृहमन्त्रीको निर्देशन

3.12K
shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको भर्चुअल बैठकलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा दृष्टिबिन्दु, कार्यशैली र कार्यपद्धतिमा गुणात्मक परिवर्तन गर्न निर्देश गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले हाम्रो प्राथमिकतामा गरिब र उत्पीडित पर्छन् कि पर्दैनन् ? भन्ने प्रतिप्रश्न गर्दै अबको कार्यसम्पादनको मूल्यांकनको आधारको रुपमा यसलाई लिईने स्पष्ट पार्दै यसलाई सामान्य निर्देशको रुपमा नलिन आग्रह गरे ।

विपदको पूर्वतयारी, शान्ति सुरक्षाको स्थिती, मिटर ब्याज (अनुचित लेनदेन), सीमा सुरक्षा लगायतका इश्युमा आवश्यक निर्देशन समेत दिएका हुन् ।

७७ जिल्लाको तर्फबाट सम्बन्धित प्रदेशका राजधानी भएका जिल्लाका प्रमुख अधिकारीले रिपोर्ट प्रस्तुत गरेका थिए भने सुरक्षा निकायका प्रमुखहरु, विपद प्राधिकरणका सिईओ र मन्त्रालयका सचिव दिनेश भट्टराईले समेत सम्बोधन गरेका थिए ।

May be an image of 4 people and people studying

May be an image of 7 people and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083