मलेसियामा दौडको उपाधी जित्रन सफल भईन् धादिङकी रशिला तामाङ

3.61K
shares

काठमाडौ । धादिङको धुनिवेशी नगरपालिका निवासी रशिला तामाङले मलेसियामा सम्पन्न ५० किलो मिटर दौंडको उपाधि जितेकी छिन् । एसिया ट्रेल मास्टरको आयोजनामा भएको उक्त कोबोई मलाया क्लासिक महिला दौड रशिलाले ५ घण्टा ८ मिनेट ३२ सेकेण्डमा पुरा गर्दै उपाधी जितेकी हुन्।

दौडको रुट ७० ट्रेल र ३० सडक जस्तै पाम आयल एस्टेट, रिप्लान्टिङ क्षेत्र, रिसोर्ट, गल्फ कोर्स, मिनी मिल, मजदुर क्वार्टर, कोटा गेलाङ्गी वरपरका गुफाहरू, नदी क्रसिङ रहेको थियो । टिम टि एट नेपाल र टि एट ग्लोबलको तर्फबाट सहभागी तामाङलाई आयोजकले अद्भुत धावक भनेर सम्बोधन गरेको छ ।

रशिलाले यस अघि युरोपको रेसमा पनि स्वर्ण जित्न सफल भएकी थिईन्। अन्तराष्ट्रिय प्रतियोगिताको सहभागिता मध्य युरोपको पहिलो पटक भाग लिन पुगेकी उनले पहिलो पटक नै उपाधी हात परेकी थिईन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083