मौसमका कारण जहाजहरु आकाशमै ‘होल्ड’

2.8K
shares

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने अन्तर्राष्ट्रिय उडानका जहाजहरु ‘होल्ड’मा परेका छन् ।

दोहाबाट आएको कतार एयरवेज, दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर अझै पनि आकाशमा ‘होल्ड’ गरिरहेका छन् ।

मौसम खराबीका कारण आन्तरिक उडान समेत प्रभावित भएको छ । जसले गर्दा आन्तरिक विमानस्थलहरुमा रहेका जहाजहरु उड्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083