५०० रुपैयाँले घट्याे सुनकाे मूल्य

Nepal Life Insurance Long Ad

काठमाडौँ । सुनको भाउ शुक्रबार पनि घटेकाे छ।  शुक्रबार  सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

शुक्रबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ नै कायम भएको छ। बिहीबार पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो।

५ जेठ २०८०, शुक्रवार १२:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु