फरार रहेका अभियुक्तहरुलाई जोगाउन गाउँपालिका अध्यक्षकै संग्लगनता !
वि.सं.२०८० जेठ ५ शुक्रवार १५:४३
shares

अविनाश कार्की
काठमाडौ । मुलुकमा बिभिन्न प्रकारका घटना बिषयहरु छरपस्ट हुदै आएका छन् । पछिल्लो समय एक पछि अर्को गर्दै मुलुक एक संकटमा पर्दै आएको छ । ब्यापार ब्यवसाय गर्दै आएका ब्यापारीहरु समेत अहिले ठुलो आर्थिक संकटमा पर्दै आएका छन् ।
राजनितिकर्मीका नामले चिनिएका भनौ, शिक्षक समाजसेवीका नामले भनौ या ठेकेदारका नामले चिनिएका ब्यक्तीहरु भनौ यिनै ब्यक्तीहरु यतिबेला फरार सुचिमा रहेका छन् । जाजरकोट जिल्ला कुसे गाउँपालीका वडा नम्बर -४ घर भएका रणबहादुर शाही, कुसे गाउँपालीका वडा नम्बर- ९ का जनक बहादुर सिंह, त्यसै गरी कुसे गाउँपालीका वडा नम्बर- ८ की हेमा कुमारी सिंह, सोही ठाउँकै प्रेम सिंह फरार रहेका छन्। (Khapatad Heavy Equipments Construction P.Ltd) खप्तड ह्याभी ईकोमेन्ट कन्ट्रक्सन प्रा.ली का सञ्चालक प्रेम कुमार साउँदको जाहेरीले उनीहरु बिरुद्ध काठमाडौ प्रहरी परिसर टेकुबाट पक्राउ पुजी समेत जारी भएको छ । पक्राउ पुर्जी जारि भएको थाहा पाए पछि उनिहरु फरार भएका हुन् ।
फरारमध्येका रणबहादुर शाही कुसे गाउँपालिका स्थित एक बिद्यालयका शिक्षक समेत हुन् । राजनितिकर्मी, शिक्षक ठेकेदार आफैँ भई करोडौ आर्थिक हिनामिना गरेको भन्दै नेकपा विप्लव युवा संगठनले केही समय अगाडी उनलाई कालोमसो समेत दलेका थिय ।

उनको जागिर समेत अहिले निलम्बनमा परेको छ, तर निलम्बनमा परे पनि त्यही विद्यालयमा अध्यापन गराई रहेका छन् । साथै फरार सबै अभियुक्तहरु कालो सुचिमा समेत परेका छन् । त्यस्तै यसै घटनाक्रममा जोडीएका कुसे गाउँपालिका वडा नम्बर -९ का निरञ्जन रोकाय भने केही महिना अगाडी पक्राउ परि उनी काठमाडौ जिल्ला अदालतबाट धरौटीमा छुटेका हुन् ।
फरार रहेका ब्यक्तीहरुले करिब १ करोड ४० लाख रुपयाँ (Khapatad Heavy Equipments Construction P.Ltd ) का सञ्चालक प्रेम कुमार साउँदलाई तिर्नु पर्ने थियो, यस मध्येमा २० लाख तिरि सकेको बाँकी अब (१ करोड २० लाख) भने तिर्न बाकि रहेको छ । उनीहरु बिरुद्ध बैकिङ कसुरमा मुद्धा चलेको छ।
उक्त कारोबारमा कुसे गाउँपालिका अध्यक्ष हरि चन्द्र बस्नेत पनि मुछिएका छन् । गाउँपालिकाकाबाट निकासा हुने ४५ लाख रकम अध्यक्ष आँफैले बुझी लिएको आरोप लागेको छ । गाउँपालिका अध्यक्ष बस्नेतको पनि संगलग्नता भए पछि फरार रहेका अभियुक्तलाई संरक्षण गरि रहेको कुरा साउँदले बताए । जनप्रतीनिधीहरुकै सहमतिमा काम शुरु गरेको तर अहिले तिनै जनप्रतिनिधिले धोका दिएको गुनासो पोख्दै ,साथै सडक निर्माण गरि सकेको रकम भुक्त्तानी गरि अध्यक्ष बस्नेतले नै त्यो रकम बुझी लिएको दाबी समेत गरेका छन् ।

अन्तत : आखिर यस्तो घटना
केही बर्ष अगाडी वि.स. २०७८ सालमा (Khapatad Heavy Equipments Construction P.Ltd ) खप्तड ह्याभी ईकोमेन्ट कन्ट्रक्सन प्रा.ली का सञ्चालक प्रेम कुमार साउँदले जाजरकोट जिल्लामा सडक निर्माण गर्नका लागि (स्काभेटर) लगेको बताए । त्यहाँका स्थानिय ठेकेदार भनेर चिनिने जनक सिंह, निरन्जन रोकाय, प्रेम सिंहको रोहबरमा प्रेम साउँदले प्रति महीना मासिक (५ लाख २८०००) हजारमा सम्झौता गरेको कुरा अवगत गराउँदै त्यही सम्झौता अनुसार काम शुरु गरि सडक निर्माण पनि सम्पन्न गरेको बताए । तर जब सडक निर्माण भयो काम सम्पन्न भयो तब उनिहरु सम्झौता गरे अनुसार सम्झौता कार्यन्वयन गर्ने तर्फ अगाडी नबढेको कुरा बताए । यस बिषयमा मुख्य भुमिका वडा अध्यक्ष हरिचन्द्र बस्नेतको देखिएको छ । अन्तत : जनप्रतिनिधिले नै ठेकेदारको संरक्षण गर्न थालेको घटना बिषयबस्तुले प्रश्ट पारेको छ ।
हेर्नुहोस फरार अभियुक्तहरुको पक्राउ पुर्जी


































