प्रहरीले भन्यो : प्रमाणबिना ‘आईजीपी’ लाई विवादमा तानियो
वि.सं.२०८० जेठ १० बुधवार १७:३७
shares

काठमाडौं । नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणसँग जोडेर प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको भूमिकाबारे कुनै प्रमाणबिना प्रश्न उठाइएको दाबी गरेको छ ।
आज एक विज्ञप्ति मार्फत प्रहरीले कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने बताएको छ । साथै नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गरिएको छ ।
‘कुनै दुई व्यक्तिले गरेको संवादके आधारमा शरणार्थी प्रकरणका आरोपीतबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ,’ उनले भनेका छन् ।
(विज्ञप्तीसहित)
































