नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न युवा संघको माग

3.59K
shares

काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

यो प्रकरणमा एमाले नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा संघले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएको छ।

आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रंग नदिन माग गरेको छ ।

अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीले नाम लिएका सबैलाई र गोपनीयता भंग गर्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उसको माग छ ।

May be an image of 3 people


divya collage
unigloble collage