गुगलका पूर्व सीईओको दाबी : च्याट जिपिटीले मानिसलाई समाप्त पार्छ

6.2K
shares

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स् टुलका बारेमा धेरैजना दिग्गज प्रविधि विज्ञहरुले चेतावनी दिएका छन् । विभिन्न ठूला प्रविधि कम्पनीका सीईओहरु समेत यसको पक्षमा छैनन् । ट्वीटरका मालिक एलन मस्कले त एआई टूलका विषयमा भैरहेका कामहरु कम्तिमा पनि ६ महिनासम्म रोक्नुपर्ने बताएका छन्।

तथापि च्याट जीपीटी लगायतका एआई टूलहरु पछिल्लो केही महिनायता निकै लोकप्रिय बनिरहेका छन्। यसैबीच गुगलका एकजना पूर्व सीईओले आर्टिफिसियल इन्टेलिजेन्स टूलको प्रतिकूल असरहरुका बारेमा आम मानिसहरुलाई बुझाउने प्रयास गरेका छन् ।

गुगलका पूर्वसीईओ एरिक स्कमिडिटले च्याट जिपिटीजस्ता एआई टूलहरु मानिसका लागि निकै घातक रहेको भन्दै यस्ता टूल्सले मानिसलाई समाप्त पार्नसक्ने वा अरु कुनैपनि तरिकाबाट मानिसलाई भारी नोक्सानी पूराउन सक्ने जिकिर गरेका छन् ।

वालस्ट्रिट जर्नलको सीईओ काउन्सिलमा बोल्दै उनले भनेका छन, ‘एआईको विषयमा मेरो चिन्ता वास्तवमा मानव अस्तित्वसँगै सम्बन्धित छ। अस्तित्वगत जोखिम भनेको धेरै भन्दा धेरै मानिसहरुलाई हानी पूराउने वा मार्ने हर्कतकै रुपमा परिभाषित गरिएको छ। यो यस्तो परिदृश्य हो जुन आज छैन, तर छिटै नै ठूलो साइबर मुद्दाका रुपमा पूरै दुनियाको अगाडि आउनेछ ।’

गलत मनसायले एआईको दुरुपयोग गर्ने कार्य रोक्नका लागि विश्वका सरकारहरुले प्रभावकारी ढंगले काम कारवाही गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। उनी भन्छन्, ‘एआईको प्रयोग कुनै हतियारको रुपमा नहोस् भन्नका लागि सरकारहरुले नियम तथा निगरानीमा अत्यधिक मेहेनत गर्नुपर्दछ ।’

एरिक सन् २००१ देखि २०११ सम्म गुगल कम्पनीको सीईओ रहे भने त्यसपछि सन् २०१५ सम्म कम्पनीको कार्यकारी अध्यक्षको रुपमा काम गरे । उनले एआईका विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा आयोगको नेतृत्व पनि गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083