गणतन्त्र दिवसको अवसरमा अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पसद्वारा दिप प्रज्वलन

7.48K
shares

काठमाडौ । अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा दिपप्रज्वलन गरेर गणतन्त्र दिवस मनाएका छन् । क्याम्पस समितिले गणतन्त्र दिवसको अवसरमा क्याम्पस प्राङ्गढमा दिप प्रज्वलन तथा राष्ट्रिय झन्डा उत्तोलन गरेको हो।

उक्त दिप प्रज्वलन कार्यक्रम अखिल क्रान्तिकारी बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा भएको हो । कार्यक्रमको प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष ईन्द्र भुषाल रहेको र विशेष अतिथिमा केन्द्रीय सचिव प्रसुन कार्की रहेकाे त्यसै गरि अतिथिहरु केन्द्रीय सचिवालय सदस्य श्याम राेक्का, केन्द्रीय सदस्य नवीन शाही, लगाएत प्रदेश सदस्यकाे समेत उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रममा क्याम्पस समिति इन्चार्ज, हरि भण्डारी   क्याम्पस समिति संयाेजक संन्दिप लुईटेल, सह-संयाेजक लगायत विद्यार्थी  नेता-कार्यकर्ताहरुको उपस्थितिमा  दिप प्रज्वलन तथा झन्डा उत्तोलन कार्यक्रम सम्पन्न  भएकाे क्याम्पस समितिका सहसंयाेजक भुमिराज अधिकारीले जानकारी दिए ।

जन निर्वाचित पहिलो संविधानसभाबाट वि.सं २०६५ जेठ १५ गते निरंकुशराजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकशासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२/६३ कोजगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देश भर गणतन्त्र दिवस मनाइन्छ ।


divya collage
unigloble collage