सन्दीप र मोन्टीविनै राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

4.26K
shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।

आईसीसी विश्वकप छनोटका लागि अन्तिम तयारी गर्न रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली मंगलबार राति दक्षिण अफ्रीका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछालाई भने समावेश गरिएको छैन । आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् ।

यस्तै, मुख्य प्रशिक्षक मोन्टी देशाई पनि भिसाको कारण टोलीसँग गएनन् । मोन्टी भिसा प्राप्त भएपछि जानेछन् ।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने कार्यक्रम छ । नेपालले विश्वकप छनोट अघि खेल्ने चारै वार्मअप खेल एसोसिएट टोलीविरुद्ध हुनेछन् । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ ।

नेपालले पहिलो खेल असार ३ मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले त्यसको एक दिनपछि असार ५ मा अमेरिकासँग खेल्नेछ । नेपालले असार ७ मा वेस्टइन्डिजसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोलीः

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,  ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083